समाज


स्रोत नखुलेको पौने २८ लाख नगदसहित सर्लाहीबाट २ युवक पक्राउ

स्रोत नखुलेको पौने २८ लाख नगदसहित सर्लाहीबाट २ युवक पक्राउ

नेपालखबर
चैत १९, २०८० सोमबार १२:१९, काठमाडौँ

सर्लाहीबाट दुईजना हुण्डी कारोबारी २७ लाख ७५ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्रोत नखुलेको नगद २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन्।

सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका ९ बाट मलंगवा ३ का २४ वर्षीय कमर राजा हुसेन र सर्लाहीकै लालबन्दी नगरपालिका–७ घरभई मलंगवा–९  मा फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविनकुमार कार्कीले जानकारी दिए। 

‘उनीहरु अवैध हुण्डी कारोबारमा संलग्न भएको सूचनाको आधारमा हामीले कारबाही अघि बढाएका थियौँ,’ इन्सपेक्टर कार्कीले भने, ‘उनीहरुमाथि आवश्यक थप अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएको छ।’

राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो। पसलबाट स्रोत नखुलेको रु १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको कार्कीले बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .