ad ad

समाज


धनुषामा आयल निगमको डिपोमा कार्यरत एक मजदुरको हत्या

घटनामा संलग्न भएको आरोपमा डिपोकै अर्का मजदुर पक्राउ
धनुषामा आयल निगमको डिपोमा कार्यरत एक मजदुरको हत्या

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १२:३४, काठमाडौँ

धनुषामा एक मजदुरको हत्या भएको छ। क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक मजदुरको शुक्रबार बिहान साढे १० बजे हत्या भएको प्रहरीले जनाएको छ। 

सिरहाको सिरहा नगरपालिका- ३ मखनाहा घर भएका ४० वर्षीय राकेशकुमार बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अबाले जानकारी दिए। कुनै गह्रौँ वस्तुले अनुहारमा प्रहार गरेर हत्या गरेकाे अवस्थामा बर्माकाे शव फेला परेको हो। 

‘हत्यामा संलग्न भएको आरोपमा सोही डिपोमा कार्यरत एक युवकलाई हामीले घटनालगत्तै पक्राउ गरेका छौँ,’ डीएसपी अबाले नेपालखबरसँग भने, ‘पक्राउ पर्ने युवक धनुषाकै धनुषाधाम घर भएका ३२ वर्षीय प्रकाश यादव छन्।’

मृतक र पक्राउ पर्ने युवक दुवै साेही डिपोका ज्यालादारी कर्मचारी भएका उनले बताए। उनीहरु कुन पदमा कार्यरत थिए, खुल्न बाँकी छ। 

सेनाको सुरक्षा घेराभित्र रहेको आयल निगमको अपरेसन रुम लेखिएको एउटा कोठामा यो घटना भएको प्रहरीले जनाएको छ। 

‘उनीहरुबीच के विवाद थियो, खुलेको छैन,’ अबाले भने, ‘हामी अहिले घटनास्थलमै छौँ। शव यहीँ छ। मुचुल्का उठाउन बाँकी छ।’

घटनास्थलमै युवकको मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .