समाज


सीतालाई श्रद्धाञ्जली दिन पुगे प्रितम सिंह, विप्लवदेखि माधव नेपालसम्म (तस्बिरहरू)

सीतालाई श्रद्धाञ्जली दिन पुगे प्रितम सिंह, विप्लवदेखि माधव नेपालसम्म (तस्बिरहरू)

सीतालाई श्रद्धाञ्जली दिँदै प्रितम सिंह। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार २७, २०८० बुधबार १२:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको छ।

नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी सीताको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीपछि पशुपति आर्यघाट लगिनेछ।

लामो समय बिरामी परेकी उनको निधनका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरि शोकमा डुबेका छन्। 

प्रचण्डले यसअघि जेठी छोरी ज्ञानु र छोरा प्रकाशलाई गुमाइसकेका छन्।

सीतालाई श्रद्धाञ्जली दिन केही समययता चर्चामा आएका प्रितम सिंह पनि पेरिसडाँडा पुगेका छन्। 

गत असार १८ मा प्रचण्डले आफूलाई प्रधानमन्त्री प्रितमले पटक पटक दिल्ली धाएको भनेर विवादमा परेका थिए।

प्रितमसँग क्यान्सरपीडित छोरी ज्ञानुको दिल्लीमा उपचार गराउँदादेखि प्रचण्डको घनिष्ठ सम्बन्ध रहिआएको छ।

त्यसैगरी सीतालाई श्रद्धाञ्जली दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पुगेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .