खेल


महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा

महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा

नेपालखबर
साउन १५, २०७९ आइतबार १२:१३, काठमाडौँ

घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ।

साफले शनिबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल, श्रीलंका र भुटान रहेको समूह बी मा रहेको छ। 

समूह ए मा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। ७ देश सहभागी  च्याम्पियनसिप काठमाडौंस्थित दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म हुने  तालिका छ। 

च्याम्पियसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। अहिले २ समूहमा गरेर प्रशिक्षण भइरहेको छ। 

साफको ५ संस्करणमध्ये नेपाल चारपटक फाइनलमा पुगेको छ। चारपटक नै नेपाल भारतसँग पराजित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .