खेल


साफ च्याम्पियनसिप : बंगलादेशले लियो नेपाल विरुद्ध २ गोलको अग्रता

साफ च्याम्पियनसिप : बंगलादेशले लियो नेपाल विरुद्ध २ गोलको अग्रता

नेपालखबर
असोज ३, २०७९ सोमबार १७:५०, काठमाडौँ

साफ महिला च्याम्पिनयसिप फाइनलको पहिलो हाफमा घरेलु टोली नेपाल बंगलादेशसँग २–० ले पछि परेको छ। 

त्रिपुरेशवरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगालदेशले अग्रता बनाएको हो। बंगलादेशका लागि साम्सुनाहर र श्रीमती केष्ण रानी सरकारले गोल गरे। 

खेलको पहिलो मिनेटमा नै कृष्णदेवी सरकारले प्रहार गोलरक्षक एञ्जिला तुम्वापो सुब्बाले बचाईन्। खेलका सुरु भएको दुई मिनेटमा नै दिपा शाहीको प्रहार बंगलादेशकी गोलरक्षकले सहच बचाउ गरिन्। 

खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाईन्। खेलको १० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिइन्। 

खेलको ३५ औँ मिनेटमा अनिता बस्नतेको फ्रिकीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो। विपक्षी खेलाडीले अनिता बस्नेतलाई लगाएपटि नेपालले फ्रिकीकको मौका पाएको थियो। 

खेलको ४१ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन्। 

खेलको पहिलो हाफमा नेपालले गोल गर्दै केही मौका पाएपनि बंगलादेशकी गोलरक्षकले राम्रो बचाउ गरेकी थिईन्। 

पाँचौ पटक साफ च्यम्पियनसिपको फाइनलमा पुगेको नेपाल उपाधि घरमा नै राख्ने योजनामा छ। उता दोस्रो पटक उपाधि नजिक पुगेको बंगलादेश उपाधि उचाल्दै किर्तिमान बनाउन चाहन्छ। 

साफको पाँच पटकको उपाधि विजेता भारतलाई पराजित गर्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्। बंगलादेशले समुह चरणमा भारतलाई हराएको थियो भने नेपालले सेमिफाइनलमा भारतलाई हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .