खेल


बार्सिलोना र म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मै भिड्ने

बार्सिलोना र म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मै भिड्ने

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १८:५४, काठमाडौँ

स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबल प्रतियोगिताको अन्तिम १६ मै आमने सामने हुने भएका छन्।

सोमबार साँझ भएको ड्र अनुसार च्याम्पियन्स लिगबाट युरोपामा झरेको बार्सिलोनाले अन्तिम १६ मै म्यानचेस्टर युनाइटेडलाई प्रतिद्वन्द्वी पाएको हो। 

प्रतियोगिताको नकआउट चरणमा प्रवेश गर्नेमा युरोपा लिगको समूह चरण आठ उपविजेता सामेल छन्। जसमा युनाइटेड पनि परेको छ। जो आठ टिम युरोपाको नकआउटमा आएका छन्, उनीहरु च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो स्थानमा थिए। 

अर्कातिर युनाइटेडका पूर्वम्यानेजर जोजे माउरिन्हो नेतृत्वको एएस रोमाले एफसी साल्जबर्ग प्रतिद्वन्द्वी पाएको छ। युभेन्ट्सले नान्तेससँग खेल्नेछ।

युरोपाको नकआउट चरणको पहिलो लेग १६ फेब्रुअरी र दोस्रो लेग २३ फेब्रुअरीमा हुनेछ।

को कसको प्रतिद्वन्द्वी 
बार्सिलोना भर्सेज म्यानचेस्टर युनाइटेड
युभेन्ट्स भर्सेज नान्तेस
स्पोर्टिङ लिस्बन भर्सेज म्ड्ज्ल्यान्ड
सख्तर डोनेट्सक भर्सेज रेन्नेस
आयाक्स भर्सेज युनिय बर्लिन
बायर लेभरकुसेन भर्सेज मोनाको
सेभिल्ला भर्सेज पीएसभी आइन्दहोभेन
एफसी साल्जबर्ग भर्सेज एएस रोमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .