बंगलादेशको ढाकामा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।
शहिद शुरवादी इन्डोर स्टेडियममा शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको हो।
नेपाल श्रीलंकासँग २६–२४, २५–१८ र २५–१७ ले पराजित भयो।
नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–० को सोझो सेटमा नै पराजित भएको थियो।
राउण्ड रोविनको अन्तिम खेलमा नेपालले भोलि शनिबार किर्गिस्तानसँग खेल्नेछ।
लिगमा पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल १० पुसमा तथा फाइनल ११ पुसमा हुनेछ ।
27
Shares
प्रतिक्रिया