खेल


सुआरेज ब्राजिलियन क्लबमा अनुबन्धित

सुआरेज ब्राजिलियन क्लबमा अनुबन्धित

नेपालखबर
पुस १७, २०७९ आइतबार १०:२८, काठमाडौँ

उरुग्वेका फरवार्ड लुइस सुआरेज ब्राजिली सिरी ए क्लब ग्रेमियोमा अनुबन्ध भएका छन्। 

सुआरेज फ्रि ट्रान्सफरमा २०२४ सम्मका लागि ग्रेमियोमा आबद्ध भएका हुन्। 

लिभरपुल बार्सिलोना र एथलेटिको मड्रिडका पूर्व फरवर्ड सुआरेज आफ्नो पूर्व क्लब नेसियोनलका ३ महिना खेलेका थिए। 

ग्रेमियोले २०२३ को पहिलो खेल १७ जनवरीमा साओ लुइजसँग खेल्नेछ।  

ग्रेमियो पुगेपछि सुआरेजले भने, यो सुन्दर चुनौतीका लागि तयार छु। त्यहाँ आउन र आनन्द लिन उत्साहित छु। 

कतार विश्वकपमा तिन खेल खेलेका सुआरेजको टोली उरुग्वे समुह चरणबाटै बाहिरिएको थियो। 

सुआरेजले लिभरपुलबाट १३३ खेलमा २ गोल, बार्सिलोनाबाट २३ खेलमा १९८ गोल र एट्लेटिको मड्रिडबाट ८३ खेलमा ३४ गोल आफ्नो नाममा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .