खेल


सातौँ एनभीए भलिबलमा न्यु डायमन्डको विजय सुरुवात

सातौँ एनभीए भलिबलमा न्यु डायमन्डको विजय सुरुवात

नेपालखबर
पुस २५, २०७९ सोमबार ९:५५, काठमाडौँ

सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा न्यु डायमन्ड क्लबले विजय सुरुआत गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको पहिलो खेलमा न्यु डायमन्ड क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई सोझो सेटमा हराएको हो। 

डायमन्डले नयाँबजारलाई २५–२,२५–८,२५–६ को सोझो सेटमा पाखा लगायो। 

च्याम्पियनसिपमा आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लबबीच खेल हुनेछ। 

च्याम्पिनयसिपको पुरुष र महिला दुवै तर्फका विजेताले समान ४ तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .