खेल


रोनाल्डोले सिरिया र टर्कीका भूकम्पपीडितलाई विमानमा पठाए सहायता सामग्री

रोनाल्डोले सिरिया र टर्कीका भूकम्पपीडितलाई विमानमा पठाए सहायता सामग्री

नेपालखबर
फागुन २२, २०७९ सोमबार १२:४०, काठमाडौँ

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरिया र टर्कीमा गएको विनाशकारी भूकम्पका पीडितहरुलाई विमानमा सहायता सामग्री पठाएका छन्। 

म्यानचेष्टर युनाइटेडका पूर्वफरवार्ड रोनाल्डोले सिरिया र टर्कीको भूकम्पपीडितका लागि क्षतिग्रस्त क्षेत्रहरूमा विमानमार्फत सहायता सामग्री पठाएका हुन्। 

रोनाल्डोले त्रिपाल, खाना प्याकेज, शिरानी र कम्बल, ओछ्यान, बच्चाको खाना र दूध र चिकित्सा सामग्री पठाएको डेली मेलले जनाएको छ। 

यी सामानहरु टर्की र सिरिया दुवै ठाउँमा पठाइएको छ। रोनाल्डोको सहयोगले अन्य खेलाडीलाई पनि सहयोग गर्न प्रेरित गरोस् भन्ने आशा गरिएको जनाइएको छ। 

रोनाल्डोले यसअघि पनि पोर्चुगलमा बच्चाहरुको ब्रेन सर्जरीको लागि ८३ हजार डलर दान गरेका थिए भने एक क्यान्सर सेन्टरलाई १ लाख ६५ हजार डलर दान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .