खेल


फुलहमलाई हराउँदै आर्सनलले बनायो शीर्ष स्थानमा ५ अंकको अग्रता

वेस्ट हम एक स्थान माथि उक्लिँदा समान अंक भए पनि बर्नमाउथ रेलिगेसन जोनमा
फुलहमलाई हराउँदै आर्सनलले बनायो शीर्ष स्थानमा ५ अंकको अग्रता

नेपालखबर
फागुन २९, २०७९ सोमबार ७:११, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलहमलाई हराउँदै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ। 

आइतबार राति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल शीर्ष स्थानमा ५ अंकको अग्रता बनाउन सफल भएको हो।

आर्सनलको जितमा गाब्रिएल, मार्टिनेली र कप्तान मार्टिन ओडेगार्डले गोल गरे। तीनै गोलमा ट्रोसार्डले असिस्ट दिएका थिए। 

खेलको २१औँ मिनेटमा गाब्रिएलको गोलमा आर्सनलले १–० को अग्रता बनाएको थियो। 

त्यसको ५ मिनेटपछि नै गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे। 

पहिलो हाफको इन्ज्युरी समयमा कप्तान मार्टिन ओडेगार्डले गोल गरेपछि आर्सनलले पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता बनायो। 

त्यसपछि खेलमा थप गोल हुन नसक्दा आर्सनल विजयी भयो। 

जितसँगै शीर्ष स्थानको आर्सनलले २६ खेलबाट ६६ अंक पुर्‍याएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले समान खेलबाट ६१ अंक बनाएको छ। 

गएराति नै भएको खेलमा न्यु क्यासलले वुल्भ्सलाई २–१ गोल अन्तरले हरााएको छ। 

म्यानचेस्टर युनाइटेड र साउथ हेप्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडे। वेस्ट हम र एस्टोन भिल्लाले एक एक गोलको बराबरी गर्दै अंक बाँडे।

एक अंक खोस्न सफल वेस्ट हमले रेलिगेसन क्षेत्र छाडेको छ। वेस्ट हम एक स्थान माथि उक्लिँदा बर्नमाउथ भने समान अंक भए पनि गोल अन्तरमा पछि पर्दै रेलिगेसन जोनमा पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .