खेल


इभान टोनीलाई इङल्याण्ड बाहिरका क्लवमा सामेल हुन रोक

इभान टोनीलाई इङल्याण्ड बाहिरका क्लवमा सामेल हुन रोक

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १३:२९, काठमाडौँ

सट्टेबाजीको नियम उल्ल‌ंघन गरेका ब्रेनफोर्टका स्ट्राइकर इभान टोनीलाई इङल्याण्ड बाहिरको क्लवमा सामेल हुन पनि रोक लगाइएको छ।

सट्टेबाजीको नियम उल्लंघन गरेका टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन्। टोनीले फुटबल एशोसियसन (एफए) को नियम उल्लंघन गरेको स्वीकार गरेपछि उनलाई कारवाही गरिएको हो।

टोनीलाई एफएको सट्टेबाजी नियमको २३२ उल्लंघनका लागि ५० हजार पाउण्ड जरिवाना तोक्दै चेतावनी समेत दिइएको छ।

२७ वर्षीय टोनीको निलम्बन लागू भैसकेको छ। टोनी आगामी १७ सेप्टेम्बरदेखि प्रशिक्षणमा फर्कन सक्नेछन् तर मैदानमा भने २०२४ को १७ जनवरीसम्म फर्कन पाउने छैनन्।

टोनीले २५ फेब्रुअरी २०१७ र २३ जनवरी २०२१ को बीचमा नियम उल्लंघन गरेको पाइएको छ। जुन समयमा टोनीले स्कन्थोर्प युनाइटेड, विगन एथलेटिक र ब्रेन्टफोर्डको प्रतिनिधित्व गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .