आइसीसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको लागि जारी खेलमा नेपालले सुरुवाती सफलता पाएको छ।
टेस्ट राष्ट्र आयरल्यान्डसामु नेपालले २ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफी ब्याटिङमा आएको आयरल्यान्डले सुरुवातमै धक्का ब्यहोरेको छ।
नेपालका लागि ४.४ ओभरमा आयरल्यान्डका एन्डी एमक्ब्रेनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। एन्डीले १९ बलमा १७ रन मात्रै जोडेका थिए।
त्यसपछि आयरल्यान्डविरुद्धको खेलमा अवसर पाएका किशोर महतोले पनि विकेट लिन सफल भए।
उनले खेलको ५.३ ओभरमा आयरल्यान्डका एन्डी बलबिरनेईलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए।
आयरल्यान्ड ताजा अवस्थामा ७ ओभर ब्याटिङ गर्दै २ विकेटको क्षतिमा २४ रन बनाएर खेलिरहेको छ।
त्यसअघि नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २६८ रन बनाएको थियो। नेपालका लागि सन्दीप लामिछाने र गुलशन झाले आठौं विकेटका लागि अहिलेसम्मकै सर्वाधिक ८० रनको साझेदारी गरे।
Shares
प्रतिक्रिया