खेल


नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपाल पुलिस क्लब सेमिफाइनलमा

नेपालखबर
माघ ६, २०७६ सोमबार १२:०,

नेपाल पुलिस क्लब, पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, २५–१५, २५–८ को सोझो सेटमा पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो। समूह बिजेता र उपबिजेताको टुङ्गगो भने होङ्गवान्जी न्यू डायमन्ड र ढोरपाटन स्पोर्टस क्लब बिचको नतिजाबाट हुनेछ।

महिलाको अर्को खेलमा समूह चरणबाट बाहिरीसकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) र जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) विचको खेलमा बिएमसी बिजयी भयो। बिएमसीले जेभिसीलाई २५–८, २५–९, २५–१५ ले पराजित ग-यो।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा जारी च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब समुह ए को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आर्मीले सोमबार नयाँबजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पाखा लगायो। आर्मीसँग पराजित भएको नयाँबजार समूह उपबिजेताका रुपमा अन्त्मि ८ मा पुगेको छ। समूह ए बाट आरजी भलिबल ग्रुप भने दुवै खेलमा पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।

समुह बी को अर्को खेलमा बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टरलाई २५–१५, २५–२१ र २५–१० ले पराजित गर्दै ३ अंक जोडेको छ। च्याम्पियनसिपमा अन्तर्गत मंगलबार पुरुष तर्फ एपिएफ र जेभिसी, दोश्रो खेल एनपिसी र एमभिसी भिड्नेछन्। महिलातर्फ एपिएफ र टिएसी तथा दोश्रो खेल एचएनडी र डिएससी बीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .