खेल


एसियाडमा जानुअघि रोहितको टिप्पणी : कति पटक भनौँ, सरकारको पुरस्कार हात लागेको छैन

एसियाडमा जानुअघि रोहितको टिप्पणी : कति पटक भनौँ, सरकारको पुरस्कार हात लागेको छैन

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल


नेपालखबर
असोज ७, २०८० आइतबार १३:०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्। 

एसियाडमा सहभागी हुन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार अझै हात नलागेको बताए।  

अझै पनि आफूहरु आउँछ भन्नेमा आशावादी रहेको उनले बताए। एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनले बताए।

पौडेलले एसियन खेलकुदलाई लिएर सबैजना उत्साहित रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने उल्लेख गरे। 

उनले कुनै पनि टोलीलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाए। उनले यस गेमले टी २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताए।

‘तयारी अहिले राम्रो भइरहेको छ। अन्तिम १५ दिन यता हामी अभ्यासमा नै व्यस्त छौँ। एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ। हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो। त्यसका लागि जस्तो टिम भए पनि प्रोसेस हामीले फलो गर्नुपर्छ। टी २० मा जे पनि हुनसक्छ’, उनले भने, ‘त्यसमा सबैजना जानकार हुनुहुन्छ। टी २० क्वालिफायर भन्दा अगाडि टुर्नामेन्ट खेल्न पाएका छौँ। हामी टी २० का लागि तयार छौँ।’

उनले घाइते ललित राजवंशीलाई आफूहरुले मिस गरिरहेको बताए। ‘ललितलाई हामीले गेममा मिस गर्नेछौँ। वान डेमा पनि उहाँको ठूलो योगदान थियो। टी २० मा डेथ ओभर एकदमै महत्वपूर्ण हुन्छ’, उनले  भने, ‘जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ। त्यसका लागि हामी मेहनत गरिरहेका छौँ।’

सरकारले घोषणा गरेको रकम आफूले पटक पटक हात नलागेको बताइसकेको उनले स्पष्टीकरण दिए। अझै पनि आफूहरु आउनेमा आशावादी रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .