खेल


माल्दिभ्सविरुद्ध नेपाली टोली लयमा फर्किँदा (तस्बिरहरू)

माल्दिभ्सविरुद्ध नेपाली टोली लयमा फर्किँदा (तस्बिरहरू)

माल्दिभ्सविरुद्ध गोल गरेपछि नेपाली टोलीका खेलाडी। तस्बिर : सरोज नेपाल


सरोज नेपाल
असोज ८, २०८० सोमबार १४:३५, काठमाडौँ

साफ यू १९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग पराजित हुन पुग्यो।

घरेलु मैदानमा आफूभन्दा कमजोर प्रतिद्वन्द्वीसँग पराजित भएपछि दबाबमा रहेको नेपाल सोमबार माल्दिभ्सविरुद्ध खेल्दै थियो।

जित्नै पर्ने दबाबमा रहेको नेपालले त्यहीअनुसारको खेल पहिलो हाफमा प्रदर्शन गरेको छ।

सेमिफाइनल यात्रा तय गर्न मालदिभ्सविरुद्ध जितको खोजीमा रहेको नेपालले पहिलो हाफमा २-० को अग्रता बनाइसकेको छ।

 

दुवै टोली पहिलो हाफमै १० खेलाडीमा झरे पनि नेपालले माल्दिभ्समाथि दबाब बनाइरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ चलिरहँदा नेपालले २–० को अग्रता बनाउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

नेपालका लागि खेलको १७ औँ मिनेटमा प्रशान्त लक्सनको गोलमा सुरुवाती अग्रता दिलाए। 

२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा समिर तामाङले उत्कृष्ट गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाउन सफल भए। यससँगै घरेलु समर्थक पनि उत्साहित भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .