खेल


विश्वकप क्रिकेट : आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डसँग ९३ रनले हार्‍यो पाकिस्तान

विश्वकप क्रिकेट : आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डसँग ९३ रनले हार्‍यो पाकिस्तान

नेपालखबर
कात्तिक २६, २०८० आइतबार ८:५१, काठमाडौँ

भारतमा जारी आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९३ रनले हराएको छ। 

३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २ सय ४४ रनमा अलआउट भयो।

पाकिस्तानको सुरुआत राम्रो हुन सकेन। कप्तान बाबर आजमले सर्वाधिक ३८ रन बनाए भने हरिस रउफले दोस्रो सर्वाधिक ३५ रन बनाए।

यो जितसँगै इंग्ल्यान्डको टोली सन् २०२५ को च्याम्पियन्स ट्रफीका लागि पनि छनोट भएको छ।

सन् २०२५ को च्याम्पियन्स ट्रफीमा आठ टोलीले खेल्नेछन्। उक्त प्रतियोगितामा आयोजक पाकिस्तानसहित विश्वकप अंक तालिकाका शीर्ष ८ टोली समावेश हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .