खेल


पाकिस्तानका फास्ट बलर हरिस रउफ ट्विटरमा किन छन् ट्रेन्डिङमा?

पाकिस्तानका फास्ट बलर हरिस रउफ ट्विटरमा किन छन् ट्रेन्डिङमा?

नेपालखबर
कात्तिक २६, २०८० आइतबार ९:४९, काठमाडौँ

विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा इङ्ल्यान्डसँग आफ्नो टोली हार्ने पक्का भएको थाहा पाएर पाकिस्तानका फास्ट बलर हरिस रउफले ब्याटिङमा पनि आफ्नो सीप देखाए।

शनिबार कोलकातामा हरिस रउफले २३ बलमा ३५ रन बनाए। उनले मोहम्मद वासिम जुनियरसँग अन्तिम विकेटका लागि ६ ओभरमा ५३ रन जोडे। यद्यपि उनले आफ्नो टिमलाई जित दिलाउन सकेनन्।

तर  ट्विटरमा ट्रेन्डिङको कारण उनको प्रदर्शन होइन, बरु उनी आफ्नो कमजोर बलिङका कारण चर्चामा छन्। 

वास्तवमा हालको विश्वकपमा हरिस रउफको बलमा सर्वाधिक रन बनाइएको छ।

क्रिकबज डट कमका अनुसार हरिस रउफले खेलेका कूल ९ खेलमा कूल ७९ ओभर बलिङ गरे जसमा ५३३ रन बनाएका थिए।

उनले २०१९ विश्वकपमा इङ्ल्यान्डका आदिल राशिदको कीर्तिमान तोडेका छन्, जसले ११ खेलमा ५२६ रन दिएका थिए।

यो विश्वकपमा अहिलेसम्म कुनै बलरले उनले भन्दा बढी रन दिएका छैनन्। तर, १६ विकेट लिएर उनी यो विश्वकपका १० सफल बलरको सूचीमा छन्।

रउफपछि सबैभन्दा धेरै रन दिने बलरमा श्रीलंकाका दिलशान मदुशंका छन्, जसले ५२५ रन दिएका छन्। मदुशंकाले २१ विकेट लिए।
रन दिने मामिलामा शाहिन अफ्रिदी तेस्रो स्थानमा छन्, जसले १८ विकेटका लागि ४८१ रन खर्चेका छन्।

विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी फास्ट बलर विशेषगरी हरिस रउफको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

पाकिस्तानी नागरिकले भनिरहेका छन्  हाम्रा कुनै पनि ब्याट्सम्यानले कूल ९ खेलमा ४०० रन पनि बनाउन सकेनन् तर दुई बलरले ४०० भन्दा बढी रन दिए। उनीहरूका अनुसार हरिस रउफले ५३३ रन दिएर कीर्तिमान बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .