खेल


नेपाल टिम च्याम्पियन

नेपाल टिम च्याम्पियन

नेपालखबर
मंसिर ३, २०८० आइतबार १८:४२, काठमाडौँ

श्रीलंकाको कोलोम्बोमा भएको १० औं अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ।

नेपाल ३ स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन्।

बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो।

नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा १ रजत गरी दुई पदक जित्न सफल भए। बेद जैसवाल र अन्स चौधरीले कुमितेमा स्वर्ण पदक प्राप्त गरे।

आइलेसजङ्ग थापाले रजत जिते। नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर कुमालले कास्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र कुँवरले जानकारी दिए।

उद्घाटन समारोहमा नेपाली  खेलाडीको हौसला बढाउन श्रीलंका पुगेका न्युरोलोजिस्ट डा लेखजङ थापाले आफ्नो कला र सीप प्रर्दशन गरी उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .