खेल


एनएसएल : काठमाडौँसँग पोखरा २–१ गोलले पराजित

एनएसएल : काठमाडौँसँग पोखरा २–१ गोलले पराजित

नेपालखबर
मंसिर २५, २०८० सोमबार १९:१५, काठमाडौँ

काठमाडौँ रेजर्ससँग पराजित भएसँगै नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा काठमाडौँले पोखरालाई २–१ गोल अन्तरले पराजित गरेको हो। 

खेलको सुरुवातमा १–० ले पछि परेको काठमाडौले पोखरामाथि पुनरागमन जित निकालेको हो। 

इन्ज्युरी समयको तेस्रो मिनेटमा जोइ एडोको गोलमा काठमाडौँले अग्रता दोब्बर पार्यो। त्यसअघि ८३ औं मिनेटमा एनगुइ जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याए। जोएको क्रसमा जुनियरले सहजै गोल गरे। 

खेलको ५९औँ मिनेटमा आयुष घलानको गोलमा पोखराले सुरुआती अग्रता बनाएको थियो। स्टेफन कोजो पापको प्रहार काठमाडौंका गोलरक्षक एञ्जल श्रेष्ठले बचाएपनि त्यसकै रिबाउण्डमा आयुषले बललाई पोष्टको जाली चुमाएका थिए। 

८२औँ मिनेटमा मोसेसको प्रहार काठमाडौंका आन्द्रेस नियाले क्लीयर गरे। ६९औँ मिनेटमा हिसुब थपलियाको कर्नर सुशिल कुमार यादवले क्लीयर गरे। 

५३औँ मिनेटमा टोजिडिनोभको फ्रिकीक पोखराका डिफेन्डर मगेन्द्र कार्कीले क्लीयर गरे। 

पहिलो हाफको चौथो मिनेटमा पोखराका मोसेस ग्याबाको प्रहार आकाशियो। 

१४औँ मिनेटमा पोखराका मोसेसको प्रहार अञ्जन राईलाई सेकेण्ड बारमा लाग्दै बाहिरियो। १८औँ मिनेटमा मोसेसको प्रहार काठमाडौका गोलरक्षक एञ्जल श्रेष्ठले सहजै बचाए। २९औँ मिनेटमा काठमाडौंका जोइ एडोको फ्रिकीक प्रहर पोखराका गोलरक्षक प्रिसोले सहजै बचाए। 

३१औँ मिनेटमा सुशिल कुमार यादवको प्रहार क्रसबारको थोरै माथिबाट बाहिरिदा अग्रता बनाउने मौका गुमायो। 

३४औँ मिनेटमा काठमाडौंका गोलरक्षक एञ्जल श्रेष्ठ विट भइसकेको अवस्थामा मोसेसको प्रहार 

काठमाडौँका नियाले गोललाईनबाट क्लीयर गर्दा पोखराले अग्रता बनाउने सुन्दर अवसर खेर गयो। 

त्यसको एक मिनेटमा नै मासेसको प्रहार राजिव लोप्चनले क्लीयर गर्दा पोखराले अग्रता बनाउने मौका गुमायो। 

४०औँ मिनेटमा मोसेसको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएपनि रेफ्रि नविन्द्र महर्जनले अफसाइड दिदा गोलले मान्यता पाएन। 

लिगमा मंगलबार एफसी बुटवल लुम्बिनी र झापा एफसी भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .