खेल


एनएसएल : वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

एनएसएल : वीरगन्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर ३०, २०८० शनिबार १५:१०, काठमाडौँ

वीरगन्ज युनाईटेडलाई पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको धनगढी एफसीसँग समान ११ अंक भएपनि पोखरा गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा पुगेको हो।

लिगका ६ खेलमा पोखराले ३ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार भोग्दै ११अंक बनाएको हो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको पहिलो खेलमा विरगन्ज युनाईटेडलाई २–१ ले हराएको हो। 

वीरगन्जको तेस्रो हारले प्लेअफ सम्भावना कठिन बन्दै गएको छ। वीरगन्जले लिगका ६ खेलमध्य १ खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा हार भोगेको छ।

पहिलो हाफमा २-१ ले अग्रता बनाएको पोखराले दोस्रो हाफमा कुनै गोल थप्न सकेन। 

पहिलो हाफको छैटौं मिनेटमा नै पोखराले सुरुवाती अग्रता बनाएको थियो। 

पोखराका फरवार्ड आयुष घलानले बक्सको दायाँ पट्टीबाट गरेको क्रसमा स्टेफन अन्नोरले दिएको पासमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि बक्सको छेउबाट जो आइडुले गरेको प्रहारमा वीरगन्जका गोलरक्षक दीप कार्की हेरिरहे। 

११ औं मिनेटमा वीरगन्जले बराबरी गोल फर्कायो। सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरको हेडर   पोखरा गोलरक्षक यभ्स प्रिसोको नजिकैबाट गएको बल उनले बचाउन सकेनन्। 

खेलको ४४ औं मिनेटमा पोखराले पुनः खेलमा अग्रता बनायो। स्टेफन अन्नोरको क्रसमा हेडर गोल गर्दै मोसेसले खेलमा पोखरालाई पुनः अग्रता दिलाए।

लिगमा आजै हुने दोस्रो खेलमा स्पोटिङ इलाम एफसी र एफसी चितवन भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .