खेल


गण्डकीविरुद्ध कर्णाली प्रदेशको मध्यम सुरुवात

गण्डकीविरुद्ध कर्णाली प्रदेशको मध्यम सुरुवात

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८० आइतबार १४:१९, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले मध्यम सुरुआत गरेको छ। 

कर्णाली प्रदेशले १७ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ। 

कर्णालीका ओपनर तथा कप्तान रविन्द्र शाही २० रनमा क्याच आउट भए। १९ बलमा १ चौका र २ छक्का हानेका शाही अंकित न्यौपानेको

बलमा विकेट किपर समिर कँडेलको हातबाट क्याच आउट भए। विपिन शाही ६ रनमा विपिन शाहीको बलमा एलबीडब्लु धरापमा परे।
गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले समान एक विकेट लिए। 

त्यसअघि भैरहवाको सिद्धार्थनगरमा कर्णाली प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो। 

खराब मौसमका कारण खेल ४५ ओभरमा छोट्टाइएको थियो। 

गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रन बनाए। अश्वनी रानाले १६ रन थपे। कप्तान विपिन खत्री १० रन बनाउँदा क्याच आउट भए। 

चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा नटआउट रहे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कर्णालीका लागि अनुज चुनारा, दिपेश अधिकारी र दिपेन्द्र रावतले समान २ विकेट लिए। प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .