खेल


प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको पहिलो हार

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको पहिलो हार

तस्बिर : क्यान


नेपालखबर
माघ ८, २०८० सोमबार १८:२६, काठमाडौँ

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो हार सामना गरेको छ। 

सोमबार भएको खेलमा मधेस प्रदेशसँग ८० रनले पराजित भएसँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो हार व्यहोरेको हो। 

हासँगै सुदूरपश्चिम ६ अंकमा चौथो स्थानमा झरेको छ। चार खेलमा ३ मा जित र एक् खेलमा हार भोगेको सुदूरको ६ अंक छ। 

चौथो जित निकालेको मधेस प्रदेशले चार खेलमा जित र २ खेलमा हार भोग्दै ८ अंकमा तेस्रो स्थानमा छ। 

मधेसले दिएको ३ सय २० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४४.५ ओभरमा २ सय ३९ रन बनाउँदा अलआउट भयो। 

सुदूरका लागि नरेश भट्टले १ सय २१ रनको पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। १ सय २२ बलमा १२ चौका र १ छक्का प्रहार गर्दा क्याच आउट भए। 

नारायण जोशीले २६ र किरण टगुन्नाले २० रन थपे। नरेन साउदले १८, खडक बोहोराले १४ र गजेन्द्र बोहोराले १२ रन थपे। 

सुदूरलाई कम स्कोरमा रोक्न प्रदीप पासवान र राजेश यादवले समान ३ विकेट लिए। रन्जित कुमारले २ विकेट झारे। हरिशंकर शाह, पवन सर्राफले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १९ रनको योगफल तयार पारेको थियो। 

सुदूरका लागि मयन यादवले १ सय १५ रनको महत्वपुर्ण योगदान दिए। १ सय २८ बलको सामना गरेका मयनले ८ चौका र २ छक्का हाने।

पवन सर्राफले ७० रन थपे। उनले ६३ बलमा ४ चौका र ४ छक्का हाने। 

७० बलमा ६ चौका र २ छक्का हानेका अनिल शाह ६९ रनमा क्याच आउट भए। 

रुपेश सिहले २१, अविशेक तिवारीले १६ र कप्तान हरिशंकर शाहले १४ रन बनाए। 

सुदूरका लागि शेर मल्लले ४ विकेट लिए। विकास आग्रीले २ विकेट लिए। नारायण जोशी र गजेन्द्र बोहोराले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .