खेल


प्रधानमन्त्री कपमा बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य

प्रधानमन्त्री कपमा बागमतीले गण्डकीलाई दियो १९९ रनको लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
माघ ९, २०८० मंगलबार १२:४४, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशसामु १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती ५ बलअगावै १ सय ९८ रनमा अलआउट भयो। 

ओपनर आशुतोष घिमिरे ४४ रनमा कमल परियारको बलमा एलबीडब्लु धरापमा परे। उनले ६९ बलमा ५ चौका हाने। 

ईशान पाण्डे ४३ रनमा आउट भए। ६२ बलमा २ चौका र २ छक्का प्रहार गर्दा कमल कै बलमा क्याच आउट हुन पुगे। 

विपिन आचार्य ३८ रनमा रन आउट भए। ४७ बलमा १ चौका र १ छक्का हानेका अशोक पौडेलले ३० रन थपे। सूर्य तामाङ १५ रनमा बोल्ड आउट भए।

गण्डकीका लागि कमल परियारले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए। 

विपिन खत्रीले १० ओभरमा २ मेडन राख्दै २७ रन दिएर २ विकेट झारे। अमृत गुरुङले २ विकेट झारे। सन्दीप पराजुलीले एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .