खेल


आयोजक सहारा उद्घाटन खेलमै पराजित, थ्रीस्टार क्वार्टरफाइनलमा

आयोजक सहारा उद्घाटन खेलमै पराजित, थ्रीस्टार क्वार्टरफाइनलमा

नेपालखबर
माघ ९, २०८० मंगलबार १८:०, काठमाडौँ

आयोजक सहारा क्लबलाई हराउँदै थ्रीस्टार क्लबले पोखरामा सुरु आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

पोखरा रगंशालामा मंगलबार भएको उद्घाटन खेलमा थ्रीस्टारले सहारालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो। 

हारसँगै आयोजक सहारा पहिलो खेलबाट नै प्रतियोगिताबाट बाहिरिएको छ। 

थ्रीस्टारको जितमा योगेश गुरुङले गोल गरे।  एक गोल उपहार पायो। सहाराका लागि आशिष गुरुङले एक गोल फर्काए। 

खेलको छैटौँ मिनेटमा योगेशको गोलमा थ्रीस्टारले सुरुवाती अग्रता बनाएको थियो। गोलरक्षक टेकेन्द्र थापासँग ठोक्किएर आएको रिबाउन्डमा योगेशलले बललाई पोष्टको जाली चुमाएका थिए। 

खेलको २३ औं मिनेटमा आशिषको गोलमा सहारा क्लब खेलमा फर्किएको थियो। लक्ष्मण रुचालको फ्रिकिकमा आशिषले हेड होडर गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

खेलको ५९ औं मिनेटमा सहाराका अनिश तामाङको उपहार गोलमा थ्रीस्टारले आयोजक टोलीविरुद्ध पुनः अग्रता बनायो।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा थ्रीस्टारले अन्तिम आठमा स्थान पक्का गरेको हो। थ्रीस्टारले अब क्वार्टरफाइनलमा भुटानको पारो एफसीसँग खेल्नेछ। 

प्रतियोगितामा बुधबार त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच खेल हुनेछ। 

प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .