खेल


च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा सिटी सजिलै विजयी

च्याम्पियन्स लिग : अन्तिम १६ को पहिलो लेगमा सिटी सजिलै विजयी

नेपालखबर
फागुन २, २०८० बुधबार १३:३१, काठमाडौँ

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी सजिलै विजयी भएको छ।

सिटीले डेनिस फुटबल क्लब एफसी कोपनहेगनलाई उसकै मैदानमा ३-१ गोलअन्तरले हराउँदै दोस्रो लेगका लागि बाटो सहज बनाएको हो। 

सिटीलाई सहज जित दिलाउने क्रममा खेलको १० औँ मिनेटमै केभिन डी ब्रुएनेले खाता खोले।

उनले फिल फोडेनको पास सिटीलाई अग्रता दिलाउन सफल भए। तर एफसी कोपनहेगन पहिलो हाफमै खेलमा फर्कियो। उसका लागि खेलको ३४ औँ मिनेटमा शानदार गोलसहित १-१ को बराबरी गरे।

तर आक्रमक खेलेको सिटीले त्यसपछि पहिलो हाफको अन्तिम समयमा बेर्नार्डो सिल्भाको गोलमा अग्रता २-१ बनायो।

यसबेला पहिलो गोल गरेका डी ब्रुएनेले सिल्भालाई पास दिलाएका थिए। 

सिटीले दोस्रो हाफमा अर्को एक गोल थप्यो। उसका लागि खेलको इन्जुरी समयको दोस्रो मिटेनमा फिल फोडेनले उत्कृष्ट गोलसहित ३–१ अन्तरको जित पक्का गराए। 

यो जितसँगै सिटीले दोस्रो लेगका लागि आफ्नो यात्रा सजिलो बनाएको छ। अब सिटीले आफ्नो घरेलु मैदान इत्तिहादमा एफसी कोपनहेगनलाई आगामी ६ मार्चमा स्वागत गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .