ad ad

खेल


बायर्नमा असफल भए थोमस टचेल, सिजनको अन्त्यसँगै क्लब छाड्ने

बायर्नमा असफल भए थोमस टचेल, सिजनको अन्त्यसँगै क्लब छाड्ने

नेपालखबर
फागुन ९, २०८० बुधबार १७:२८, काठमाडौँ

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखका मुख्य प्रशिक्षक थोमस टचेलले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन्। 

घरेलु लिग र युरोपेली च्याम्पियन्स लिगमासमेत लगातार हारको सामना गर्नुपरेपछि बायर्न व्यवस्थापनले टचेललाई बिदा गर्ने निर्णय लिएको हो।

२०२३ मार्चमा मार्चमा जुलियन नगेल्समनलाई विस्थापित गर्दै बायर्नको मुख्य प्रशिक्षक बनेका टचेलको कमानीमा क्लबले प्रभावशाली प्रदर्शन गर्न सकेको छैन।

क्लबले यो सिजनमा बुन्डेसलिगा र च्याम्पियन्स लिग दुवैतर्फ वास्तविक लय गुमाएको छ। बुन्डेसलिगातर्फ बायर्न अहिले बायर लेभरकुसेनसँग ८ अंकले पछि परेको छ।

लेभरकुसेन ५८ अंकसहित पहिलो स्थानमा हुँदा बायर्न ५० अंकसहित दोस्रोमा छ। पछिल्लो खेलमा बायर्न भीएफएल बोचुमसँग ३-२ले पराजित भयो। 

 त्यसअघि च्याम्पियन्स लिग भिडन्तमा पनि बायर्नले इटालियन क्लब लाजियोसँग हारको सामना गरेको छ। लगातार तीन खेलमा हारसँगै टचेलले सिजनको अन्त्यसँगै बायर्यन छाड्ने बताएका हुन्। 

५० वर्षीय टचेललाई बायर्नले सन् २०२५ सम्म क्लबमा राख्ने गरी सम्झौता गरेको थियो। तर पहिलो सिजन लिगको उपाधि जितेको बायर्नले अहिले वास्तविक लय समात्न नसकेपछि उनको यात्रा टुंगिएको हो।

बायर्नका सीईओ जोन–क्रिस्टियन ड्रिसेनले  टचेलसँको खुला र राम्रो संवादपछि सिजनको अन्त्यसँगै सहकार्य टुंग्याउने सहमित जुटेको बताएका छन्।

उता टचेलले जारी सिजन क्लबले राम्रो सफलताका लागि अझै कोसिस गर्ने बताए। उनले आफ्नो कमानीमा बाँकी समय उच्च सफलता लिने गरी प्रयास गर्ने बताए।

टचेलले यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी), इङ्लिस क्लब चेल्सी  र जर्मन क्लब बोरुसिया डर्टमन्डको प्रशिक्षण सम्हालिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .