खेल


जयकुमार नाथ शाह यू-१६ क्रिकेट प्रतियोगिता बुधबारदेखि, १६ टिमले सहभागिता जनाउने

जयकुमार नाथ शाह यू-१६ क्रिकेट प्रतियोगिता बुधबारदेखि, १६ टिमले सहभागिता जनाउने

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १४:४५, काठमाडौँ

बुधबारदेखि सुरु हुने जयकुमार नाथ शाह यू–१६ क्रिकेट मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

काठमाडौ जिल्ला क्रिकेट संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने जानकारी दिएको हो।

प्रतियोगिता वैशाख १९ देखि ३० गतेसम्म हुनेछ।

लिगकम नकआउटको आधारमा हुने स्पर्धामा १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको समूह ए मा रेडियन्ट रिडर्स एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय र त्रियोग हाइ स्कुल छन्।

समूह बी मा ग्यालेक्सी पब्लिक स्कुल, गेटवे एकेडमी, आलोक विद्याश्रम स्कुल र डिएभी स्कुल तथा समूह सी मा केएमसी स्कुल, जेम्स स्कुल, अपी स्कुल र एन्जल हट्र्स एकेडेमी स्कुल रहेका छन्।

समूह डी मा रत्नराज्य स्कुल, मोक्षदा स्कुल, नेक्शस इन्टरनेसल एकेडेमी र एलआरआई स्कुल छन्।

नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नाममा प्रतियोगिताले नेपाली क्रिकेटलाई ग्रासरुट देखि नै विकास गर्ने लक्ष्य राखेको छ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट बलर, ब्याटर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन्।

मुलपानीको तल्लो र माथिल्लो मैदानमा कुल २७ खेल हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न १५ लाख २६ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .