खेल


६६ रन बनाउँदै आउट भए कुशल भुर्तेल, नेपाललाई सातौँ क्षति

६६ रन बनाउँदै आउट भए कुशल भुर्तेल, नेपाललाई सातौँ क्षति

तस्बिर: सरोज नेपाल


नेपालखबर
फागुन १३, २०८० आइतबार १२:९, काठमाडौँ

आईसिसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले सातौँ धक्का ब्यहोरेको छ।

ओपनर कुशल भुर्तेल ६ रन बनाएको अवस्थामा आउट भएका छन्। अन्य सबै ब्यारट फ्लप सावित भएको अवस्थामा कुशलले नेपालको स्कोर १०० रनमाथि लगेका थिए।

उनी भान डेर मेर्वेको बलमा क्याच आउट हुन पुगेका हुन्। नेदरल्याण्ड्सविरुद्ध कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाए। उनी ३७ ओभरको तेस्रो बलमा आउट हुन पुगे। यो सँगै नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको घरेलु टोलीले ३७ ओभरको खेल जारी रहँदा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएर खेलिरहेको छ। 

आरिफ शेख ६ र गुलशन झा शून्य रनमा नटआउट छन्। 

सुस्त प्रर्दशन गरिरहेको नेपाल एक समय ११ ओभरको समाप्तीमा २–५० को अवस्थामा थियो। 

दीपेन्द्र सिंह ऐरी १ रनमा रन आउट भए। भिम सार्की शुन्य रनमा बोल्ड आउट भए। भीम ३० औँ ओभरको तेस्रो बलमा वास डे लिडको बलमा बोल्ड आउट भए। 

त्यसअघि पाचौँ विकेटका रुपमा नेपालले दिपेन्द्र सिंह ऐरिलाई गुमाएको थियो। दिपेन्द्र १ रनमा रनआउट भए। 

कप्तान रोहित १६ रन बनाउँदा क्याच आउट भए। ४० बलमा १६ रन बनाएका रोहित २५ औँ ओभरको तेस्रो बलमा आर्यन दत्तको बलमा नोआ क्रोसको हातबाट क्याच आउट भए।

१३ औँ ओभरको अन्तिम बलमा कुशल मल्ल एलबीडब्लु धरापमा पर्दै आउट भए। ९ बलमा २ रन बनाएका कुशल आर्यन दत्तको बलमा एलबीडब्लु आउट भए। 

११ औँ ओभरको अन्तिम बलमा अनिल शाह बोल्ड आउट भए। ११ बलमा १ छक्का मद्धतमा ७ रन बनाएका अनिल भिभियन किंग्मा कै बलमा बोल्ड आउट भए। 

ओपनर आशिफ शेख १७ रन बनाउँदा क्याच आउट भए। २७ बलमा २ चौका १ छक्का हानेका आशिफ नवौँ ओभरको तेस्रो बलमा भिभियन किंग्माको बलमा बास डे लिडको हातबाट क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .