आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध खेलमा नेपाली टोलीलाई हौसला बढाउन सयौँ दर्शक कीर्तिपुरस्थित क्रिकेट स्टेडियममा पुगेका छन्।
नेपाली दर्शकहरू ग्राउन्डको घाँसे प्यारापिटदेखि रुखमासमेत चढेर टोलीको हौसला बढाइरहेका छन्।
तर, नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको नेपालले निराशाजनक प्रदर्शन गरेको छ।
आजको खेलमा नेपाली ओपनर कुशल भुर्तेलबाहेक अरु सबैको प्रदर्शन बिर्सनलायक रह्यो।
कुशलले ९३ बलमा ६६ रनको योगदान दिए। उनलाई अरु कुनै पनि ब्याटरले साथ नदिँदा नेपाल सय रनमै लड्खडायो।
ताजा अवस्थामा नेपालले ३८ ओभर खेल्दै ७ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सकेको छ।
42
Shares
प्रतिक्रिया