खेल


कप्तान रोहितले लिए नामिबियाको २ विकेट

कप्तान रोहितले लिए नामिबियाको २ विकेट

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०८० मंगलबार १२:२२, काठमाडौँ

त्रिकोणात्मक टी–२० आई सिरिजमा कप्तान रोहित पौडेलले दुई विकेट लिएका छन्। 

कप्तान रोहितले जान फ्रेलिंकलाई विकेटकिपरको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाएका हुन्। 

रोहितले ११ औँ ओभरको चौथो बलमा ५ रन बनाएका जानलाई आउट गराए। त्यसअघि कप्तान रोहितले नै जिन कोट्जेलाई क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। 

रोहितले नवौँ ओभरको दोस्रो बलमा ११ रन बनाएर खेलिरहेका कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए।

छैटौँ ओभरको पाचौँ बलमा करण केसीले १९ बलमा २ चौका र १ छक्का हानेका ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबटा क्याच आउट गराएका थिए। 

पहिलो विकेटका लागि माइकल र मलान क्रुगरले ३६ रनको साझेदारी गरेका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नामिबियाले ११ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .