खेल


फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई चार वर्ष लामो प्रतिबन्ध

फ्रान्सेली मिडफिल्डर पल पोग्बालाई चार वर्ष लामो प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०८० बिहिबार १८:६, काठमाडौँ

 चर्चित फ्रान्सेली फुटबलर पल पोग्बालाई चार वर्ष लामो प्रतिबन्ध लगाइएको छ।

इटालियन क्लब युभेन्ट्सका ३० वर्षीय मिडफिल्डरमाथि यो प्रतिबन्धसँगै उनको खेल करिअर करिब सकिएको छ।

प्रतिबन्धित शक्तिवर्द्धक औषधि प्रयोग गरेको आरोप लागेका उनी डोपिङ जाँचका क्रममा फेल भएका थिए।

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर पोग्बा गत अगस्टमा भएको डोपिङ जाँचमा फेल भएका थिए। 

ला रिपब्लिकाको रिपोर्ट अनुसार युभेन्ट्सका लागि खेलेको पहिलो सिजनमा गरिएको परीक्षणका क्रममा असफल भएका उनलाई बिहीबार इटालीमा डोपिङ् निरोधी अभियोजकको कार्यालयले कडा सजाय सुनाएको हो।

पोग्बाका वकिलले भने बहसका क्रममा कार्यालयको आरोपलाई खारेज गर्दै कमभन्दा कम सजायको अपेक्षा गरेका थिए। पोग्वाले गल्तीवश उक्त पदार्थ लिएको बताउँदै यसमा कडा सजाय दिन नहुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .