खेल


वाफ च्याम्पियनसिप फाइनल : सविताको गोलमा नेपाललाई अग्रता

वाफ च्याम्पियनसिप फाइनल : सविताको गोलमा नेपाललाई अग्रता

नेपालखबर
फागुन १७, २०८० बिहिबार २२:३३, काठमाडौँ

सविता राना मगरको गोलमा वाफ च्यम्पियनसिपको फाइनलमा नेपालले जोर्डनविरुद्ध सुरुवाती अग्रता बनाएको छ। 

साउदी अरबको जेद्दातस्थित किङ अब्दुल्लाह स्पोर्ट्स् सिटी रिसर्भ स्टेडियममा खेलको पहिलो हाफ जारी रहँदा नेपालले १–० ले अग्रता बनाएको हो। 

खेलको २९ औँ मिनेटमा रेखा पौडेलको लामो क्रस जोर्डनका लाग्दै आएको बललाई सविताले पोष्टको जाली चुमाएकी थिइन्। 

नेपालले आजको खेलमा जोर्डनलाई पराजित गरे महिला फुटबल इतिहासमा पहिलो उपाधि जित्नेछ। 

सन् १९८६ को एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता १० पटक फाइनल खेलेपनि उपाधि जित्न सकेको छैन। 

नेपालले यसअघि २०१०, २०१२, २०१४ र २०१९ र २०२२ को साफ च्याम्पियनसिप फाइनल खेलेको थियो।

यस्तै सन् २०१०, २०१६, २०१९ को दक्षिण एसियाली खेलकुद (साग) तथा २०१८ को हिरो गोल्डकप र २०१९ को नादेफ्दा कपको फाइनल खेलेको थियो। यी सबै प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .