खेल


चितवन जानुअघि ओलीले भने : अहिले सरकारमा को हुन्छ, को हुँदैन भन्न सकिँदैन

चितवन जानुअघि ओलीले भने : अहिले सरकारमा को हुन्छ, को हुँदैन भन्न सकिँदैन

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:५९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ? को हुँदैन? भन्न सकिने अवस्था रहेको बताएका छन्। 

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै  ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामासमेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका बताए। 

‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै भने।

ओलीले अहिले पार्टी र संसद्‍मा एक सिट पनि नभएको व्यक्तिसमेत प्रधानमन्त्री बन्छु भन्दै हिँडेको अवस्था रहेको बताए। 

‘यहाँ त संसदमा पनि भएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’, ओलीले भने।

नेकपा एमाले त्यस्ताभित्र पर्ने पार्टी नभएको ओलीले स्पष्ट पारे। एमाले आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उनले बताए। 

ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताए। 

अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको ओलीले टिप्पणी गरे। 

कोभिड महामरीपछि सबै राष्ट्रमा आर्थिक पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र त्यहीकारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उनले प्रष्ट पारे।

ओलीले विद्यालयको पढाइले मात्रै पठन संस्कृति विकास नहुने बताए। सिर्जना संस्कृतिको विकासको लागि पठन संस्कृति विकास आवश्यक रहेको उनले प्रष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .