टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोलीविरुद्ध नामिबियाले तीन विकेट गुमाएको छ।
दुवै ओपनर गुमाएलगत्तै सोमपाल कामीले नामिबियाको तेस्रो विकेट लिएका छन्।
सोमपालले आठौं ओभरको दोस्रो बलमा नामिबियाका जेपी कोट्जेलाई २५ रन बनाएको अवस्था विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए।
यसअघि पहिलो विकेटका रुपमा सोमपाल कामीले मलान क्रुगरलाई दोस्रो ओभरको तेस्रो बलमा ३ रन बनाउँला गुलशन झाको हातबाट क्याच आउट गराए।
त्यसैगरी छैटौँ ओभरको तेस्रो बलमा करण केसीले अर्का ओपनर माइकल भान लिंगेनलाई १० रनमा बोल्ड आउट गरे।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोे नेपालले निर्धातिर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रनको योगफल तयार पारेको थियो।
सातौँ ओभरको खेल जारी रहँदा नामिबियाले ३ विकेट गुमाएर ५४ रन बनाउँदै खेलिरहेको छ।
Shares
प्रतिक्रिया