खेल


अफगानिस्तानमा महिलालाई खराब व्यवहार गरिएको भन्दै अस्ट्रेलियाद्वारा टी-२० सिरिज रद्द

अफगानिस्तानमा महिलालाई खराब व्यवहार गरिएको भन्दै अस्ट्रेलियाद्वारा टी-२० सिरिज रद्द

नेपालखबर
चैत ६, २०८० मंगलबार १३:५०, काठमाडौँ

अफगानिस्तानमा महिलालाई खराब व्यवहार गरेको आरोप लगाउँदै अस्ट्रेलियाले ऊसँगको प्रस्तावित टी–२० सिरिज रद्द गरेको छ।

तीन खेलको उक्त टी-२० सिरिज अगस्टमा अस्ट्रेलियामा हुने भनिएको थियो।

क्रिकेट अस्ट्रेलियाले आफ्नो सामाजिक सञ्जाल साइट एक्सको ह्यान्डलबाट ट्विट गर्दै यो जानकारी दिएको हो।

उसले यो अस्ट्रेलिया सरकारसँगको वार्तापछि निर्णय गरेको बताएको छ।

यद्यपि उनले यस ट्विटमा भविष्यमा अफगानिस्तानसँग मिलेर काम गर्ने आशा पनि व्यक्त गरेको छ। 

ट्विटमा भनिएको छ, ‘क्रिकेट अस्ट्रेलियाले विश्वभरको क्रिकेटमा महिलाको निरन्तर सहभागिताका लागि आफ्नो प्रतिबद्धता कायम राख्नेछ। र, भविष्यमा द्विपक्षीय खेल पुनः सुरु गर्न आईसीसी र अफगानिस्तान क्रिकेट बोर्डसँग मिलेर काम गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .