खेल


रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार ६:३४, काठमाडौँ

बायर्न म्युनिखमाथि पुनरागमन जित निकाल्दै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्नलाई २–१ ले पराजित गर्दै समग्रमा ४–३ को नतिजा निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो। 

सेमिफाइनलको पहिलो लेगमा रियलले बायर्नलाई २–२ को बराबरी गरेको थिए। 

खेलको ६८ औँ मिनेटमा अल्फान्जो डेभिजको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। रियलले खेलमा १–० ले पछि परेको स्थिती उल्टाउँदै फाइनलमा स्थान बनाएको हो। 

तर खेलको ८८ औँ मिनेटमा जोसेलु ग्राबेडको गोलमा रियल खेलमा फर्किएको थियो। 

खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले व्यक्तीगत दोस्रो गोल गर्दा रियलले फाइनलमा स्थान बनाएको हो। १४ पटकको च्याम्पियन रियलले अब उपाधिका लागि बोरुसिया डर्टमुन्डको सामना गर्नेछ। 

मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमुन्डले पिएसजीलाई समग्रमा २–० को नतिजा निकाल्दै ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। 

लिगको उपाधि भिडन्त आगामी जुन १ मा वेम्वेलीमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .