आईपीएलअन्तर्गत सोमबार भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको छ।
जितसँगै राजस्थान रोयल्स ६ अंकसहित अंक तालिकाको पहिलो स्थानमा पुगेको छ।
यस प्रतियोगितामा मुम्बईले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन र ऊ १०औँ स्थानमा छ।
सोमबारको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।
मुम्बईले २० ओभरमा नौ विकेट गुमाएर १२५ रन बनाएर राजस्थानलाई १२६ रनको लक्ष्य दिएको थियो, जुन सञ्जु सामसनको टोलीले ६ विकेटको क्षतिमा पुरा गरेको थियो।
राजस्थानले १४ ओभरको खेलमा चार विकेट गुमाएर १०१ रन बनाएको थियो। त्यतिबेला रियान पराग ३० रनमा अविजित र शुभम दुबे ७ रनमा अविजित रहेकाले टिमलाई जितका लागि ३५ बलमा २४ रन आवश्यक थियो। जुन दुवैले मिलेर पूरा गरेका हुन् ।
75
Shares
प्रतिक्रिया