भारत भ्रमणमा रहेको नेपाली टोलीले गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको तेस्रो खेलमा अहिले बरोडासँग खेल्दैछ।
नेपाली समय अनुसार दिउँसो पौने ३ बजे वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा खेल हुन लागेको हो।
खेलअगाडि बरोडाले टस जितेर फिल्डिङ रोजेको छ। यससँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
नेपाली रोहित पौडेलको कप्तानीमा भारत यात्रामा छ। पहिलो खेल आफ्नो पक्षमा पारेको नेपाली टोली दोस्रो जितको खोजीमा छ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो। उता दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो।
नेपालले एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारी गर्न भारतका क्लबहरूसँग अभ्यास खेल खेलिरहेको हो।
नेपाली टोली:
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अविनाश बोहरा, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र प्रतिश जिसी।
Shares
प्रतिक्रिया