१९ औँ एसियाली खेलकुद रजत पदक विजेता एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन्।
११ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा विभिन्न खेलप्रेमी तथा सहयोगीबाट संकलन गरिएको ७ हजार ११ अमेरिकी डलर अर्थात ९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँले सम्मान गरेको हो।
एरिकाले चैत १९ गते युएसए ओपन अन्तर्रािष्ट्रय कराते २०२४ मा स्वर्ण र रजत पदक जितेकी थिइन्।
एरिकाले ६८ किलो माथिको खुला तौल समूहमा अमेरिकाकी खेलाडीसँग ३–२ अंकले पराजित भएसँगै रजत पदकमा सिमित भएकी थिइन्।
उमेर समुहको खेलमा यू–२१ उमेर समूहमा ६८ किलो तौल समूहमा स्वर्णपदक जितेकी थिइन्।
15
Shares
प्रतिक्रिया