ad ad

खेल


नेपालले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’सँग टी‍-२० शृंखला खेल्ने

नेपालले विश्वकपअघि वेस्ट इन्डिज ‘ए’सँग टी‍-२० शृंखला खेल्ने

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार २१:५०, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज 'ए'सँग पाँचवटा टी-२० शृंखला खेल्ने तय भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उक्त टी-२० शृंखलाबारे जानकारी दिएको हो।

 कीर्तिपुरस्थित त्रिवि मैदानमा आगामी अप्रिल २५ देखि उक्त शृंखला आयोजना गर्न लागिएको हो। 

आईसीसी टी–२० विश्वकप र ओमानमा हुने एसीसी प्रिमियर कपको तयारीका क्रममा यतिबेला नेपाली टोली भारतमा छ। प्रिमियर कप खेल्न नेपाली टोली त्यहीँबाट ओमान जानेछ।

भारतमा रहँदा नेपालले गुजरात र बरोडा टीमसँग मैत्रीपूर्ण खेल खेलेको छ। 

ओमानबाट फिरेपछि घरेलु भूमिमा नेपालले वेस्ट इन्डिज 'ए'सँग टी–२० शृंखला खेल्ने भएको हो। उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .