ad ad

खेल


युरो २०२४ : प्रतिटिम २३ खेलाडीको सीमा २६ पुर्‍याउने तयारी

युरो २०२४ : प्रतिटिम २३ खेलाडीको सीमा २६ पुर्‍याउने तयारी

नेपालखबर
चैत २७, २०८० मंगलबार १३:१८, काठमाडौँ

जर्मनीमा हुने आगामी युरोकपमा हाल कायम प्रतिटिम २३ खेलाडीको संख्या बढाउनेबारे यूईएफएले छलफल गरेको छ। 

यूईएफएले सोमबार युरो २०२४ का लागि छनोट भएका टोलीका प्रशिक्षकहरुसँग छलफल गरेको हो।  

युरोपियन फुटबलको नियामक निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यूईएफएले यसबारे धेरै विचार र छलफल गरेको छ। यसको अन्तिम निर्णय भने आगामी साताहरुमा गरिनेछ।’ 

दुई दिनको कार्यशालापछि यूईएफएको राष्ट्रिय टिम प्रतियोगिता कमिटीमा पुगेर  कार्यसमितिले यसबारे अन्तिम निर्णय लिने बताइएको छ। 

अहिले टोलीमा २३ खेलाडी समावेश हुँदै आएका छन्। 

छलफलका क्रममा विभिन्न सुझावहरु आएको युइएफएले जनाएको छ। छलफलका क्रममा खेलाडीको संख्या धेरै बनाउँदा म्यानेजमेन्टलाई आर्थिक रुपमा भार पर्ने समेत बताएका थिए भने केहीले यसलाई सकारात्मक रुपमा समेत लिएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .