ad ad

खेल


एसीसी प्रिमियर कप : नेपालले साउदीबाट पायो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कप : नेपालले साउदीबाट पायो ७४ रनको लक्ष्य

साउदी नेपाल खेल। तस्बिर : क्यान


नेपालखबर
बैशाख ५, २०८१ बुधबार १५:४, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाले जितका लागि नेपाली टोलीसामु ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ २ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रनको योगफल तयार पारेको हो। 

मैदान चिसो भएपछि २ घण्टा ढिला सुरु भएको खेलमा १२ ओभर छोट्टाइएको थियो। 

साउदीलाई कम स्कोरमा रोक्न नेपालका करण केसी र अविनास बोहोराले समान २ विकेट लिए। ललित राजवंशी, प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो। 

साउदीको थप १ विकेट रन आउटबाट प्राप्त भयो।  

साउदीका लागि अब्दुल वाहिदले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

करण केसीले ओभरको दोस्रो बलमा नै ओपनर फैसल खानलाई कुशल मल्लको हातबाट क्याच आउट गराए। पहिलो बलमा छक्का हानेका फैसल दोस्रो बलमा नै पेभेलियन फर्के। 

करणले नै तेस्रो ओभरको पहिलो बलमा अब्दुल मनान अलीलाई २ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

३ रन बनाएका वाजी उल हुसैनलाई ललितले चौथो ओभरको अन्तिम बलमा करण केसीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। 

१६ बलमा ३ चौका र ३ छक्का हानेका अब्दुल वाहिदलाई प्रतिशले छैटौँ ओभरको चौथो बलमा एलबीडब्लु धरापमा पारे। 

८ रन बनाएका खासिव अब्बासलाई सातौ ओभरको दोस्रो बलमा अविनास बोहोराले एलबीडब्लु धरापमा पार्दै पेभेलियन पठाए।

सोही ओभरको चौथो बलमा कप्तान मोहम्मद हिसान शेखलाई २ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट गराए। 

आजै अल अमरेट क्रिकेट मैदान टर्फ १ मैदानमा भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै हङकङले सेमिफाइनलमा पुग्ने सम्भावना बलिया बनाएको छ।  
मलेसियाले दिएको १ सय ४१ रनको लक्ष्य हङकङले १२.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

हङकङ र कतारको समान ४ अंक भएपनि नेट रनरेटमा अघि रहँदै हङकङले अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .