ad ad

खेल


अपराजित रहँदै नेपालले सेमिफाइनल खेल्ने, साउदी हार्दा हङकङ अन्तिम ४ मा

अपराजित रहँदै नेपालले सेमिफाइनल खेल्ने, साउदी हार्दा हङकङ अन्तिम ४ मा

साउदी नेपाल खेल। तस्बिर : क्यान


नेपालखबर
बैशाख ५, २०८१ बुधबार १६:२, काठमाडौँ

साउदी अरबलाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले अपराजित रहँदै एसीसी प्रिमियर कपको सेमिफाइनल खेल्ने भएको छ। 

साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो। 

नेपालसँगको हारसँगै साउदी अरेबियाको सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ। साउदीको हारले नेट रनरेटमा अघि रहँदै हङकङ समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। 

नेपालका लागि कप्तान रोहित पौडेल १६ र र गुल्सन झा ३२ रनमा नटआउट रहे। दीपेन्द्र सिंह ऐरी १७ रन बनाउँदा क्याच आउट हुन पुगे। ओपनर कुशल भुर्तेल शुन्य र आशिफ शेख २ रनमा आउट भए। कुशल मल्ल २ रनमा नै पेभेलियन फर्के। 

त्यसअघि ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ २ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा ७३ रनको योगफल तयार पारेको थियो।  

मैदान चिसो भएपछि २ घण्टा ढिला सुरु भएको खेलमा १२ ओभर छोट्टाइएको थियो। 

साउदीलाई कम स्कोरमा रोक्न नेपालका करण केसी र अविनाश बोहोराले समान २ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो।  

साउदीका लागि अब्दुल वाहिदले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

करण केसीले ओभरको दोस्रो बलमा नै ओपनर फैसल खानलाई कुशल मल्लको हातबाट क्याच आउट गराए। पहिलो बलमा छक्का हानेका फैसल दोस्रो बलमा नै पेभेलियन फर्के। 

करणले नै तेस्रो ओभरको पहिलो बलमा अब्दुल मनान अलीलाई २ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

३ रन बनाएका वाजी उल हुसैनलाई ललितले चौथो ओभरको अन्तिम बलमा करण केसीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। 

१६ बलमा ३ चौका र ३ छक्का हानेका अब्दुल वाहिदलाई प्रतिशले छैटौँ ओभरको चौथो बलमा एलबीडब्लु धरापमा पारे। 

८ रन बनाएका खासिव अब्बासलाई सातौ ओभरको दोस्रो बलमा अविनास बोहोराले एलबीडब्लु धरापमा पार्दै पेभेलियन पठाए।

सोही ओभरको चौथो बलमा कप्तान मोहम्मद हिसान शेखलाई २ रन बनाउँदा रोहित पौडेलको हातबाट क्याच आउट गराए। 

आजै अल अमरेट क्रिकेट मैदान टर्फ १ मैदानमा भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै हङकङले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको थियो। 

मलेसियाले दिएको १ सय ४१ रनको लक्ष्य हङकङले १२.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

हङकङ र कतारको समान ४ अंक भएपनि नेट रनरेटमा अघि रहँदै हङकङले अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो। 

हङकङ र कतारको समान ४ अंक भएपनि कतार नेटरनरेटमा पछि रहँदै सेमिफाइनल यात्राबाट बाहिरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .