ad ad

खेल


विश्व वरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा

विश्व वरीयतामा ऐरीको नयाँ कीर्तिमान, अलराउन्डरतर्फ ११औँ स्थानमा

नेपालखबर
बैशाख ५, २०८१ बुधबार १७:४, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन्।

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा दीपेन्द्र १४ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्।

त्यसैगरी ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्। 

ऐरी हाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन्। उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा छ छक्का प्रहार गरेका थिए। 

ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन्।

त्यस्तै कुशल मल्ल नौ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .