वेस्ट इन्डिज ‘ए’विरुद्ध सिरिजको अन्तिम टी–२० खेलमा नेपालले पहिलो सफलता पाएको छ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सागर ढकाललले पहिलो विकेट लिएका हुन्।
उनले कप्तान रोहित पौडेलमार्फत वेस्ट इन्डिजका कादिम अललेइललाई क्याच आउट गराएका हुन्।
टस जितेर वेस्ट इन्डिजले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ।
यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ।
उता वेस्ट इन्डिज भने अन्तिम खेल पनि जितेर स्वदेश फर्किन चाहन्छ।
नेपालको सुरुवाती ११:
कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, सन्दीप जोरा, कमलसिंह ऐरी र ललित राजवंशी
102
Shares
प्रतिक्रिया