वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी२० सिरिजको अन्तिम खेलमा पाहुना टोलीले मध्यम प्रर्दशन गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले १० ओभरको समाप्तीमा ३ विकेटको समाप्तीमा ८० रन बनाएर खेलिरहेको छ।
वेस्ट इन्डिजका ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए।
अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागरकै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए।
अहिले क्रिजमा कप्तान रोष्टन चेस १६ र एलिक अथानाले ७ रनमा नटआउट छन्।
219
Shares
प्रतिक्रिया