खेल


कर्णाली हाफ म्याराथनका विजेतालाई समान ५५ हजार

कर्णाली हाफ म्याराथनका विजेतालाई समान ५५ हजार

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १७:०, काठमाडौँ

कर्णाली हाफ म्याराथनको महिला र पुरुषतर्फका विजेताले समान ५५ हजार रुपैयाँ पाउने भएका छन्। 

रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको संयुक्त बैठकले पहिलो संस्करणको म्याराथनका विजेतालाई समान ५५ हजार रुपैयाँ दिने निर्णय गरेको हो। 

यही वैशाख २९ गते शनिबार हुने प्रथम कर्णाली हाफ म्याराथनको उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार रुपैयाँ दिने रेस नेपालले जनाएको हो। 

सुर्खेतको वीरेन्द्रनगरमा हुने हाफ म्याराथनमा पुरुष ४५ वर्षमाथि उमेर समूहका शीर्ष तीन धावकलाई १५ हजार, १० हजार र ५ हजार रुपैयाँ दिइनेछ। 

विद्यालय तहका छात्र एवं छात्रातर्फ शीर्ष तीनलाई १० हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार दिने रेस नेपालले बताएको छ। 

कर्पोरेटतर्फका विजेतालाई विशेष प्याकेजद्वारा पुरस्कृत गरिनेछ।

आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवर्द्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। 

पहिलो संस्करणको सफलतासँगै हरेक वर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गर्दै अन्य विधा पनि थपिनेछ। 

कर्णाली हाफ म्याराथनका विजेतामध्ये उत्कृष्ट समय दिने खेलाडीलाई विदेशी भूमिमा सञ्चालन हुने वर्ल्ड एथ्लेटिक्सबाट लेवल प्राप्त म्याराथनमा सहभागिताको अवसर प्रदान गर्ने तयारी समेत आयोजकले गरेको छ। यसबारे चाँडै निर्णय लिइनेछ।

कर्णाली हाफ म्याराथनको सम्पूर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको छ।

त्यसैगरी कुमारशमशेर थापालाई सदस्यसचिवको जिम्मेवारी प्रदान गरिएको छ। रेश डाइरेक्टरमा पुर्वमुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .