ad ad

खेल


एफए कपको उपाधि युनाइटेडलाई

युरोपा लिगका लागि छनोट
एफए कपको उपाधि युनाइटेडलाई

नेपालखबर
जेठ १३, २०८१ आइतबार ८:४८, काठमाडौँ

म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। 

शनिबार राति वेम्बेली स्टेडियममा भएको फाइनलमा सिटीलाई २–१ गोलले जित्दै युनाइटेडले उपाधि हात पारेको हो। 

एफए कपको उपाधि जितेसँगै युनाइटेड युरोपा लिगका लागि छनोटसमेत भएको छ।

युनाइटेडले १३औँ पटक एफए कप कब्जा गरेको हो। यसभन्दा बढी आर्सनलले १४ पटक एफए कप उपाधि जितेको छ। 

एफए कपको फाइनलमा युनाइटेसँग हारेसँगै सिटीले सिजनमा लगातार दोस्रो उपाधि जित्ने अवसर गुमाएको हो।

गत सिजन ट्रेवल उपाधि जित्ने क्रममा सिटीले युनाइटेडलाई २–१ गोलले नै हराएको थियो। यो सिजन युनाइटेडले त्यो हारको बदला समेत लिएको छ।

युनाइटेडलाई एफए कपको उपाधि दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले समान एक गोल गरे। सिटीका जेरेमी डोकुले सान्त्वना गोल फर्काए। 

युनाइटेडले दुवै गोल पहिलो हाफमै गरेको थियो।

खेलको ३०औँ मिनेटमा ग्रानाचोको गोलमा युनाइटेडले सुरुवाती अग्रता लिएको थियो। ३९औँ मिनेटमा माइनोले युनाइटेडको अग्रता दोब्बर पारे। 

अनि ८७औँ मिनेटमा डोकुले सिटीका लागि सान्त्वना गोल फर्काएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .