ad ad

खेल


ठूलठूला टोलीलाई हराउँदै पहिलोपटक विश्वकपको सेमिफाइनल पुग्दा रोए अफगानिस्तानका खेलाडी

ठूलठूला टोलीलाई हराउँदै पहिलोपटक विश्वकपको सेमिफाइनल पुग्दा रोए अफगानिस्तानका खेलाडी

नेपालखबर
असार ११, २०८१ मंगलबार २१:३७, काठमाडौँ

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले हराउँदै पहिलोपटक आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा पुग्दा अफगानिस्तानका खेलाडी भावुक भएका छन्। 

अफगानी टोलीका कतिपय खेलाडीले खुसी थाम्न नसकेर आँखाबाट आँसु नै झारेका छन्।

अस्ट्रेलिया, बंगलादेश र न्युजिल्यान्डजस्ता ठूला टोलीलाई हराउँदै यहाँसम्म पुग्न अफगानिस्तान यहाँसम्म आइपुगेको हो।

बंगलादेशलाई हराउँदै अफगानिस्तान जब सेमिफाइनलमा प्रवेश गर्‍यो, तब कप्तान राशिद खान टोलीका मुख्य प्रशिक्षक जोनाथन ट्रोटलाई अँगालो हालेर रुन थाले।

अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले टोलीलाई सेमिफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याए। उनी विश्वकप २०२४ मा २८१ रन बनाएर सर्वाधिक स्कोरर बनेका छन्।

यस खेलमा पनि उनले ४३ रनको इनिङ खेलेका थिए। तर, किपिङ गर्दा लागेको चोटका कारण उनी डगआउटमा बसेर जितको खुसी मनाइरहेका थिए। जहाँ उनले पनि आँसु नियन्त्रण गर्न सकेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .